नयाँ दिल्ली,७ जनवरी २०२०
प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध विश्वास, आपसी सम्मान र समझदारीमा आधारीत रहेको र दिनप्रतिदिन बलियो हुदै गएको बताउनुभएको छ ।
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपतिसँग फोनमा शुभकामना आदानप्रदान गर्दे कुराकानी गर्नुभएको थियो । नरेन्द्र मोदीले आपसी हितका सबै क्षेत्रमा सहयोग बढाउन उहाँसँगै काम गरिरहने इच्छा व्यक्त गर्नुभएको थियो ।
गतवर्ष दुई देशबिचको रणनितिक साझेदारीलाई सृद्दढ तुल्याउन महत्वपुर्ण प्रगति भएको प्रधानमन्त्रीले विशेष उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्रीले नयाँ वर्षमा अमेरिकी राष्ट्रपति, उनको परिवारलाई र अमेरिकी जनतामा स्वास्थ्य, समृद्धि र नयाँ वर्षमा सफलताको कामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले वर्षौदेखि दुबै देशहरु बीचको सम्बन्धको उपलब्धिहरुमा सन्तुष्टि व्यक्त गर्दै दुबै देशहरुका आपसी सहयोगलाई अझै बलियो पार्न सधै तत्पर रहेको बताउनु भयो ।









































