HomeFeatureभारत र अस्ट्रेलिया बीच तीन वनडे सीरीजको पहिलो खेल आज, दिउँसो 1:30...

भारत र अस्ट्रेलिया बीच तीन वनडे सीरीजको पहिलो खेल आज, दिउँसो 1:30 बजेदेखि शुरु हुने

मुम्बई, 14 जनवरी 2020

भारत र अस्ट्रेलिया बीच तीन वनडे सीरीजको पहिलो खेल मंगलवार मुम्बईको वानखेड़े स्टेडियममा हुनेछ । यस मैदानमा दुवै टीम 13 वर्षपछि आमने-सामने हुनेछन। खेल दिउँसो 1:30 बजेदेखि शुरु हुनेछ ।  सो स्टेडियममा भारत-अस्ट्रेलिया बीच अहिलेसम्म तीन मैच खेलिएका छन भने भारतले एक मात्र खेल जितेको छ । दुवै टीम बीच अहिलेसम्म भएका 137 वनडेमा भारतीय टीमले 50 जीतेको छ । अस्ट्रेलियाको टीमले 77 मा जीतेको छन । 10 मुकाबिलाहरु बरावरी भएका थिए । अर्कोतर्फ भारतमा दुवै टीमबीच अहिलेसम्म 61 मैच भएका छन । त्यसमध्ये भारत 27  मा जीतेको छ भने 29 मा हारेको छ । 5 मुकाबिलाहरु ड्र भएका थिए।

भारत आजको मैचमा आफ्ना तीनै ओपनर रोहित शर्मा, शिखर धवन र लोकेश राहुललाई टीममा शामेल गर्न सक्छ । रोहित र धवनले ओपनिंग गरेपछि राहुलले मध्यक्रममा खेल्नेछन ।

पछिल्लो पटक भारतविरुद्ध पाँच मैचको सीरीजमा 3-2 ले जीतेपछि अष्ट्रेलिया आजको खेल आफ्नो पक्षमा पार्न उत्साहित छ । त्यतिबेला डेविड वार्नर र स्टीव स्मिथ जस्ता स्टार ब्याट्सम्यानहरु टीममा  थिएनन् । तर यस पटक ती 2 जना बाहेक टेस्टमा उत्कृष्ट ब्याटिङ गर्ने मार्नश लबुशाने पनि टीममा छन ।

आजको खेलमा मौसमले खाशै बाधा उत्पन्न गर्नेछैन । मुम्बईमा मैचको क्रममा मौसम सफा रहनेछ । तापमान 18 देखि 28 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...