दिल्ली, 14 अप्रैल 2022
भारत लैजान लागेको १२० केजी गाँजा विराटनगरबाट बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँच गर्ने क्रममा को१च ५३१८ नम्बरको पिकअप भ्यानबाट १२० किलो गाँजा र ५५४ किलो अदुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार निलो त्रिपालले छोपेर पिकअपभित्र गाँजा र अदुवा लोड गरिएको थियो । गए राति करिब १० बजेतिर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएको र उनको खोजी भइरहेको श्रेष्ठले जनाए । पिकअपधनीको पनि पहिचान खुलेपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।









































