नेशनल लाईव सम्वाददाता, बुटवल,रुपन्देही,२०७७, जेष्ठ २० नेपाल भारतमा लकडाउन नाम मात्रको रहेका बेला नेपालमा भने पूर्ण रुपमा चलिरहेको छ । अझ उत्तरप्रदेशमा त सबै तहमा काम संचालन गर्ने त्यहाँको सरकारले निर्णय समेत गरिसकेको छ । नेपालको प्रदेश पाँच र भारतको उत्तरप्रदेश राज्यमा रहेको भैरहवा सुनौलि नाका, नेपाल भारत जोडिने महत्वपूर्ण नाका मध्येको एक नाकापनि हो ।
नेपाल तर्फ अत्यावस्यक सामानहरु आउनुपर्ने, आन्दोलनकारीहरुले भारततर्फ कैयौं ग्यास, तेल र खाध्यान्न लगायतकागाडीहरु समेत रोकिराखेको अवस्था छ । सोनौली ट्रान्सपोर्ट एण्ड क्लीयरिङ्ग एजेन्ट एसोशिएशनको आयोजनामा सम्पन्न उक्तआन्दोलनमा ट्रान्सपोर्ट र क्लीयरिङ्गको काममा खटिएकालाई दुवै–तर्फका सुरक्षा निकायले रजिष्टरमा विवरण लिएर विहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि निर्वाध रुपमा नेपालतर्फका र भारततर्फका लाइ आवत जावतका लागि खुल्ला गर्नुपर्ने उनीहरुको मागरहेको छ ।
यसरी दिनहु भन्सारकै कामले नेपाल र भारत दुवैतर्फ ओहोर दोहोर गर्ने ट्रान्सपोर्टकाकर्मचारी र भन्सार क्लीयरिङ्ग एजेन्टको अफिसमा कार्यरत कर्मचारीलाई प्राय दुवैतर्फका सुरक्षा निकायमा खटिएका कार्यरत कर्मचारीहरुले चिनेजानेका नै हुन्छन ।
एक जना कर्मचारी कति समयका लागि भारततर्फ जान पाउने वा नेपालतर्फ आउनपाउने, त्यो त्यहाको सम्बन्धित निकायले निक्र्यौल गर्दै भन्सार सँग सम्बन्धित काम खुल्ला गर्नुले अहिले सबैलाई ठुलो राहत मिल्न सक्ने सबैको ठम्याई रहेको बुझिएको छ ।
नियम मा रहेर काम गर्न सजिलो एवं खुकुलो पारिदिने काम सरकारी संयन्त्रको नैतिक जिम्मेवारी पनि हो ।
नियम विपरीत कसैले पनि काम गर्न चाहान्न । सबैको एकमत छ, हामी नियममा रहेरकाम गर्न तयार छौ । केवल वारी पारीका भन्सार कार्यालय सम्म सम्बन्धित पक्ष भन्नाले ट्रान्सपोर्टर क्लीयरिङ्ग एजेन्टलाई निर्वाध रुपमा आवत जावत खुल्ला गर । भारत या तेस्रो मुलुकबाट आएको सामान भारततर्फ क्लीयरिङ्ग एजेण्टले पास गराएको टोकन प्राप्त पछि मात्र माल वाहक गाडी नेपाल भन्सारमा ल्याउने नियम छ । र शिपिङ्ग बिलको आधारमा मात्रै नेपाल भन्सारमा अप्लाई गर्न पाइन्छ। कागजपत्रहरु दुवैतर्फको क्लीयरिङ्ग एजेन्टलाई तत्काल चाहिने भएकोले ट्रान्सपोर्ट कम्पनीका कर्मचारी या भन्सार एजेन्टका कर्मचारीले नै वारी पारी गराउनुपर्ने वाध्यात्मक परिस्थिति रही आएको छ । नेपालमा सबै सक्षम र कृयाशील उधोगी ब्यवासायी नभएका कारण धेरै सामान खुद्राकोरुपमा पनि आउने हुदा, गाडी का गाडी पास गर्ने अवस्था पनि रहदैन । यस्तो विषम परिस्थितिमा सम्बन्धित निकायको समयमै ध्यान पुग्न जरुरी छ ।
सम्बन्धित निकायले अब त गरिखान दिनेतर्फ ध्यान दिनैपर्छ की ?
छिमेकी मुलुक भारत हाम्रो भन्दा धेरै सम्पन्न मुलुक हो । आज कोरोनाको संक्रमण नेपालमा नगन्य भएका बेला भारतमा लाखौंको संख्यामा संक्रमित बढिसके । संक्रमित बढेपनि भारतले लकडाउन खुकुलो पार्दै लड, भिड कोरानासँग तर साबधानी अपनाएर काम गर, भनिसक्यो । नेपालमा कृषिका लागि मात्रै खुकुलो गरिदिएर पुग्दैन, अब अन्य कामहरु सुचारु गर्नखुकुलो गर्नै पर्छ । कृषि प्रयोजनका धेरै सामानहरु जसले कम मात्रामा आयात गर्छन,उनीहरुको सामान लकडाउन पूर्वदेखि नै विभिन्न ट्रान्सपोर्ट कम्पनीहरुका गोदाममा थन्किराखेको अवस्था छ । कमसेकम ती र त्यस्ता खाले सामान ल्याउन त अब सोच्नु पर्ने भो,सम्बन्धित निकायले ।
साना र मझौला खाले ब्यापारीहरुको ओठ मुख सुकेकोअवस्था छ ।
अझ खासगरि सिमानाका बाट सामान ल्याएर नेपालमा तयार गरि व्यापार गर्नेहरुको सामानमा रोक लगाउनाले व्यापारीहरुको अवस्था एकदम नाजुक बन्दै गएको छ । अब के गर्नेहोला ? टाउको समाउछन । प्राय यस्ता व्यापारीले भएको जेथा समेत दाउमा लगाएर व्यापार गर्न आएपछि, अब उनीहरुसँग खेतिपाति गर्ने जमिन छैन । कहाँ जाने ? के गर्ने ? गरिरहेको कामलाई निरन्तरता दिन दुवैतिरको सरकारले सिमानाका ठप्पै पारेको छ । सिमानापारि सामान छ, अर्थात कच्चा पदार्थ छ । तर ल्याउन पाए त घरकै परिवार बसेर तयारी सामान बनाइन्थ्यो नी ! भन्ने धेरैको गुनासो रहेको छ ।









































