HomeFeatureभीनपामा कोविड-19 संक्रमितहरूको लागि स्थान तोकियो, संक्रमितहरूलाई आईसीएच-मा क्वारेन्टाइनमा राखिने

भीनपामा कोविड-19 संक्रमितहरूको लागि स्थान तोकियो, संक्रमितहरूलाई आईसीएच-मा क्वारेन्टाइनमा राखिने

कञ्चनपुर, 18 मार्च 2020/ हिम शाह

भीमदत्त नगरपालिकामा कोरोना भाईरस (कोभिड-19) संक्रमितहरूको व्यवस्थापनका लागि स्थान तोकिएको छ। भीमदत्त नगरपालिकामा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले कोरोना बिरामीलाई आईसीएच-मा क्वारेन्टाइन गर्ने निर्णय गरेको हो। आईसीएच-को एक सय शैय्या भएको भवनमा बिरामीहरूलाई क्वारेन्टाईनमा राखिने निर्णय गरिएको छ। कोरोना बिरामीलाई क्वारेन्टाईन गर्नु पर्ने अवस्था आएमा आईसीएच-को एक सय शैय्या भएको भवन प्रयोग गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिनु भयो।

बैठकले पश्चिमी सीमा नाकामा हेल्थ डेस्कमा स्क्रिनिङ्गका क्रममा देखिएका सम्भावित संक्रमितलाई आइसोलेसनका लागि महाकाली अस्पतालमा रिफर गर्न अस्पतालमा थप व्यवस्थापन गर्ने निर्णय गरेको छ। यसैगरी महेन्द्रनगर बसपार्क र सिद्धनाथ मन्दिरमा हेल्थ डेस्क स्थापना र हात धुने मेसिन राख्ने निर्णय समेत गरिएको छ।  पूर्णागिरी मेलाका दर्शनार्थीहरुलाई मध्यनजर गरी ती दुवै स्थानमा हेल्थ डेस्क स्थापना गर्न लागिएको हो। पश्चिमी सीमा नाका गड्डाचौकीमा यस अघि नै डेस्क सञ्चालन गरिएको छ।

कोरोना संक्रमण रोक्न सार्वजनिक सवारी साधनमा दैनिक सरसफाई तथा सर्वसाधारणलाई सचेत रहन सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। कोरोना संक्रमण विरुद्ध कार्यक्रम सञ्चालनका लागि विभिन्न संघ-संस्थाहरुले स्रोतसाधन र जनशक्ति दिने निर्णय गरेका छन्। सेती महाकाली नर्सिङ्ग क्याम्पस, फारवेष्ट स्कुल अफ मेडिसिन र नेपाल परिवार नियोजनले कोरोना विरुद्धका कार्यक्रमका लागि जनशक्ति परिचालन गर्ने भएको छ। यसैगरी नेपाल रेडक्रस सोसाइटीले टेन्ट र एम्बुलेन्स दिने निर्णय गरेको छ।

बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी ब्रह्मदेब र सिद्धनाथ मन्दिरमा लाग्ने पूर्णागिरी मेला केही दिनका लागि स्थगित गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले जानकारी दिनु भयो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख बिष्टको अध्यक्षतामा बसेको बैठकमा भीमदत्त नगरपालिका 9-का अध्यक्ष राम नाथ, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, फारवेष्ट स्कुल अफ मेडिसिनका प्रिन्सिपल श्याम सुन्दर झा, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका मन्जु दाहाल, आईसीएच प्रमुख ललितानन्द जोशी, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिह भण्डारी, नेपाल परिवार नियोजन संघ कञ्चनपुरका सभापति कृष्ण प्रसाद पाठक, बासुदेब विष्ट, भवराज रेग्मी, सुरेन्द्र सिह भण्डारी, कमलेश रिजाल, बंशिधर कलौनी, गणेश सिह महता लगायतका सहभागी हुनु भएको छ। भीमदत्त नगरपालिकाले कोरोना संक्रमण फैलिएपछि सुरुदेखि पूर्व तयारी र रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसैबीच भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाका गड्डाचौकीमा सञ्चालन गरेको हेल्थ डेस्कमा 32 हजारको स्वास्थ्य जाँच गरिएको छ। भीनपाको आधारभूत स्वास्थ्य तथा सरसफार्ई उप शाखाका अनुसार मंगलबार मात्रै तीन हजार बढीको जाँच गरिएको छ। भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता चन्दले नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य जाँच भई रहेको जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...