काठमाडौं, 27 नवम्बर 2021
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्यूनिष्ट पार्टी नचल्ने बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोदावरी नगरकमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रतिर संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताउनुभयो । उहाँले इतिहासप्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको राजनीति गरेको आरोप लगाउनुभयो । नेपालले केपीलाई बा भन्नेहरुको मात्रै एमालेमा भविश्य रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीले रेलको सपना बाडेको आरोप लगाउनुभयो । उहाँले घरघरमा हावाबाट ग्यास, जिजुली जस्ता सपना बाड्दै गर्दा जनकपुरमा लिगनै नबनाई रेल ल्याएको तर्क गर्नुभयो । उहाँले ठूलै कमिशनको खेल भएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले एकै पटक सडक, अस्पताललगायत बालुवाटारमा बसेर हचुवाको तालमा गरिएको आरोप लगाउनुभयो ।









































