दिल्ली, 8 फरवरी 2023
सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । अंतराष्ट्रीय संचार माध्यमका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको छ । सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको अंतराष्ट्रीय संचार माध्यमले जनाएको छ।









































