HomeFeatureभूकम्पग्रस्त टर्कीलाई नेपाले पठायो राहत सामग्री

भूकम्पग्रस्त टर्कीलाई नेपाले पठायो राहत सामग्री

काठमाडौं, 9 फरवरी 2023

भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट राहत सामग्री पठाइएको छ। सो सामग्री टर्की एयरका कर्मचारीले रकम संकलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो (बुधबार) बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो। राहत सामग्री प्राधिकरणसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले पठाएको हो।  टर्कीलाई तत्काल आवश्यक न्यानो लुगा, औषधि, जेनेरेटरलगायत सामग्री नियमित उडानका दुई जहाजमार्फत सरकारले पठाउने भएको छ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्नुपर्ने बताएका थिए। टर्की केन्द्रविन्दु भएर सोमबार गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...