Homeसमाचारनेपालभोली महाशिवरात्रिका दिन यस्तो छ पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था, चारवटै ढोका खुल्ला...

भोली महाशिवरात्रिका दिन यस्तो छ पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था, चारवटै ढोका खुल्ला गरिने

काठमाण्डौ, 20 फरवरी

शुक्रबार त्रयोशीका दिन पर्ने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको कोषले बताएको छ ।

पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका दिन चारवटै ढोका खुल्ला गर्ने बताएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बाहिरी ढोकाबाट बाहिर एक एक लाइनको व्यवस्था गर्ने र भित्र ४ वटा लाइन सम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यस्था मिलाइएको बताउनुभयो । उहाँले उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन,  र पूर्वि द्धारलाई भने वैकलिपक द्धारको रुपमा नित्य पुजाका सामाग्रिहरु लैजाने व्यवस्था मिलाउन प्रयोग गरिने र आवश्यक परेको खण्डमा दर्शन गर्न दिने व्यवस्था समेत मिलाउने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।

त्यस्तै सदस्य सचिव ढकालले नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सहित ६ हजार सुरक्षाकर्मि परिचालन हुने र नेपाल स्काउट सहितका करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुने बताउनुभयो । उहाँले दर्शन गदौ ज्येष्ठ नागरिक, शारिरिक रुपमा अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुलाइ समस्या परेमा आफ्नो नजिक रहेको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गर्नुभयो । तयस्तै भक्तालुहरुको सुरक्षालाई ध्यान दिदै पशुपति क्षेत्रमा मदिरा तथा कुनैपनि नशालुपदार्थको निषेध गरिएकाले विक्रीवितरण तथा ओसारपसार नगर्न एवं प्रयोग तथा सेवा नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

भक्तालुहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले पशुपति क्षेत्रमा शुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार प्रसार, वातावरण सरसफाई, स्वास्थ्य सेवा, स्वयमसेवा परिचालन लगायतमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...