HomeFeatureभ्रमण वर्ष 2020 सफल पार्नका निम्ति सांसदहरूद्वारा विभिन्न सुझाव

भ्रमण वर्ष 2020 सफल पार्नका निम्ति सांसदहरूद्वारा विभिन्न सुझाव

काठमाण्डौँ, 5 फरवरी 2020

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष 2020-को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागि छलफलमा सांसदहरुले भ्रमण वर्ष सफल पार्न विभिन्न सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको जातजाति, भाषा, संस्कृति र नेपालमा भएका पुराना कुराहरुको प्रचार गर्न म्युजियम बनाउनुपर्ने बताउनुभयो। नेपालले देशको क्रान्तिको इतिहास देखिने गरी, 126 जातजाती भएको देश भनेर चिनाउने म्युजियम बनाउनुपर्नेमा नेपालले जोड दिनुभयो। नेपालले गणतन्त्र स्मारक नारायणहिटीमा बनाएर गल्ति गरिएको बताउनुभएको छ।

छलफलमा सांसद भीम रावलले पर्यटन वर्षलाई सफल पार्न सडक यातायात, हवाई यातायात तथा होटल लगायतका भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभएको छ। भूकम्पका कारण क्षतिपुगेको सम्पदाहरुको पूननिर्माण द्रुत गतिमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको प्रदुषण कम गर्न विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रमा साइकल लेनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। सम्पाद सूचीमा परेका क्षेत्रहरुको पम्रचार प्रसारमा जोड दिनुपर्ने उहाँको भनाई थियो।

संसद पुष्पा भूसालले भ्रमण वर्ष सुरु भइसक्दा पनि गम्भिरता पूर्वक तयारी नभएको बताउनुभएको छ। पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने र नयाँ अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

छलफलमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सात वटै प्रदेशमा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुलाई चिनाउने गरी विशेष कार्यक्रम गर्न तयारी गरिएको जानकारी दिनुभएको छ।

समिति सभापति पवित्रा निरौला खरेलले भ्रमण वर्षलाई सफल पार्न सबै स्थानीय तहले बजेट छुट्याउनुपर्ने बताउनुभएको छ। विमानस्थल, विभिन्न सार्वजनिक स्थल लगायतका क्षेत्रम सरसफाईमा मात्रै ध्यान दिन सकेमा मात्रै पनि भ्रमण वर्षलाई ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो।

सांसद प्रेम तुलाचनले विभिन्न अवशरमा हुने सभा समारोह र बैठकहर पाँच तारे होटल भन्दा पनि पर्यटकिय क्षेत्रमा गर्न सुझाव दिनुभएको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले साना साना कार्यक्रमका लागि पैसा माग्ने प्रचलन रहेको बताउनुहुँदै अब बोर्डले ठूला योजना र कार्यक्रमका लागि मात्रै बजेट दिने नीति ल्याउन लागेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...