भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी अभियान भनेर स्टण्टबाजी गर्दैछन्: ओली
काठमाडौं, 11 जुलाई 2023
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताएका छन् । मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । उनले सरकारको स्टन्टबाजीमात्रै भएको टिप्पणी गरेका छन् ।
ओलीले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो । यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् ? यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ । जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’
उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए।
उनले अविश्वसनीय र भ्रष्टहरु नै अहिले आफूलाई बडो विश्वसनीय तत्वजस्तो देखाउन खोजेको पनि बताए ।
उनले मिटरव्याज विरुद्धको अध्यादेश वैशाख २४ गते पेश गर्नुपर्नेमा असार ५ गतेसम्म सरकार के हेरेर बसेको भन्दै सामन्तको पक्षमा सरकार लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई स्पष्टीकरण दिन समेत नदिएर झुठ बोलेको भन्दै ओलीले भने, ‘प्रचण्डजी एण्ड कम्पनीको गठबन्धन सरकारले मिटरव्याजविरुद्धको अध्यादेश असफल पार्यो ।’
अध्यक्ष ओलीले जलहरी प्रकरणमा सुनको साटो पित्तल चढायो भनेर अफवाह फैलाएको भन्दै त्यसरी अफवाह फैलाउन सत्तापक्षले सांसदहरुलाई तालिम दिने गरेको आरोप लगाए।
उनले राष्ट्रिय राजनीतिमा फिल्म हेरे जस्तो अभिनयमात्रै भइरहेको टिप्पणी गरे









































