काठमाण्डौँ, 25 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनु पर्ने धारणा राख्नुभएको हो। प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नर्गेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारू गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गर्नुभयो।
कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो।
उहाँले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै गदाँ मन्त्रालय भित्रैको भ्रष्टाचारले सिमा नाघेको र लाजमर्दो स्थिति श्रृजना भएको टिप्पणी गर्नुभयो। आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु “लाजमर्दो” कुरा भएको टिप्पणी उहाँले गर्नुभयो। उहाँले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीले आफ्नो गुटलाई बचाउने काम गरेको आरोप लगाउनुभयो।
संसदको सार्वजनिक लेखा समितिले वाईडवडी जहाजबारे एकमहिना भित्र छानविन गर्न अख्तियारलाई लेखि पठाए पनि अहिले सम्म प्रक्रिया अघि नबढेको भन्दै उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
स्याटलाईड सञ्चालन लगायत विभिन्न योजनाहरुमा सञ्चार मन्त्रालय भित्रै खरबौको भ्रष्टाचार भईरहदा प्रधानमन्त्रीले छानविन गर्नुको सट्टा प्रंसम्सा गर्ने गरेकोमा व्यंग गर्दै प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भनी प्रश्न गर्नुभयो।
उहाँले प्रधानमन्त्रीले जन्मदिन मनाउने शैलीको पनि आलोचना गर्नुभयो। पुराना राजा मराजालो जन्मदिन मनाउने शैली सामान्य रहेको स्मरण गर्दे उहाँले प्रधानमन्त्रीको शैली लाई “सत्ताउन्माद” को संज्ञा दिनुभयो।
सरकार कम्युनिष्टको सिद्धान्त र आचरण नै विर्सेर सत्ता उन्मादमा फस्दै गएको टिप्पणी गर्नुभयो। हिजोको बैभव राजा महाराजाको नक्कलले कम्युनिष्ट पार्टीलाई गाँजेको भन्दै उहाँले शुसासन र विकासका झुटा बाचाबाट जनताहरु आक्रान्त बनेको दाबी गर्नुभयो।
उहाँले प्रधानमन्त्रीलाई आरोग्य र दिर्घायुको शुभकामना पनि दिनुभएको थियो।









































