HomeFeatureभ्रष्टाचार निवारण सूचकांकमा नेपाल ११ स्थानमा

भ्रष्टाचार निवारण सूचकांकमा नेपाल ११ स्थानमा

 

नयाँ दिल्ली, २३ जनवरी
भ्रष्टाचार निवारण सम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देखिएको छैन ।

यद्यपि अघिल्लो वर्ष भन्दा अंक अझै बढाएको छ । अघिल्लो वर्ष १ सय २४ औं स्थानमा रहेको नेपाल यस पटक १ सय १३ औं स्थानमा उक्लिएको छ । ‘ट्रान्सपरेन्सी इन्टरनेश्नल’ले जम्मा १ सय ८० देशको रिपोर्ट बिहीबार सार्वजनिक गरेको हो ।

जसमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णाकका आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

४३ भन्दा कम अंक ल्याउने मुलुकलाई असफल नै भएको मानिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलका अध्यक्ष खेमराज रेग्मीका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था घटेको छैन । अघिल्लो वर्षभन्दा बढी अंक ल्याएको देखिए पनि व्यवहारमा भ्रष्टाचार नघटेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...