HomeFeatureमंगलबारबाट ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ सुरु

मंगलबारबाट ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ सुरु

ललितपुर, 26 अक्तूबर 2021

वीर गणेशमानसिंह स्पोर्टस् समितिको आयोजनामा मंगलबारबाट काठमाडौंमा ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा कार्तिक १६ गतेसम्म चल्ने टुर्नामेन्टको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा कांग्रेस नेता सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताउनुभयो । पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार,  उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...