HomeFeatureमंगलबार थप 2 जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या 54 पुग्यो

मंगलबार थप 2 जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या 54 पुग्यो

काठमाण्डौँ, 28 अप्रेल

मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 54 पुगेको छ। रौतहटका 24 र 35 वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 54 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताउनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो। नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारतलगायत अन्य मुलुकबाट आएकाहरु छन्। अहिले कोशी अस्पतालमा सबैभन्दा बढी 31 जनाको उपचार भइरहेको  छ। नारायणी अस्पतालमा 3, चितवनमा 3 र सेती प्रादेशिक अस्पतालमा 1 जना संक्रमित उपचाररत रहेका छन्। अहिलेसम्म 16 जना उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिलेसम्म 54 हजार 8 सय 26 परीक्षण भएका छन्। जसमा पीसीआर विधिबाट 10 हजार 8 सय 7 र आरडीटीबाट 44 हजा 19 वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो। पछिल्लो 24 घण्टामा 1 हजार 1 सय 93 वटा नमुना परीक्षण भएका छन्।

प्रदेश नम्बर 1 मा 4 हजार 8 सय 28, प्रदेश नम्बर 2 मा 5 हजार 2 सय 49 र बागमती प्रदेशमा 8 हजार 4 वटा आरडीटी परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा 4 हजार 9 सय 36, प्रदेश नम्बर 5 मा 5 हजार 3 सय 28, कर्णाली प्रदेशमा 5 हजार 1 सय 81 र सुदूरपश्चिम प्रदेशमा 12 हजार 2 सय 83 वटा आरडीटी परीक्षण भएका छन्।

देशभरी अहिले 22 हजार 99 जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर 5 मा सबैभन्दा बढी 12 हजार 1 सय 64 जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर 1 मा 2 हजार 2 सय 88, प्रदेश नम्बर 2 मा 1 हजार 5 सय 12, बागमती प्रदेशमा 3 सय 61 र गण्डकी प्रदेशमा 6 सय 76 जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी कर्णाली प्रदेशमा 1 हजार 3 सय 9 र सुदूरपश्चिम प्रदेशमा 1 हजार 3 सय 9 जना क्वारेन्टाइनमा रहेका छन्। काठमाडौं उपत्यकामा 4 र बाहिर 1 सय 3 गरी 1 सय 7 जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...