HomeFeatureमंसिरमा प्रतिनिधिसभा र प्रदेशको चुनाव हुनैपर्छ : ओली

मंसिरमा प्रतिनिधिसभा र प्रदेशको चुनाव हुनैपर्छ : ओली

काठमाडौं, 20 जुलाई 2022

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट सरकार गठनका लागि तयार हुनुपर्ने बताए । उनले भने  ‘मंसिरमा चुनाव गराउनुपर्छ । यो संवैधानिक प्रश्न हो । यसलाई तलमाथि हुन दिनु हुँदैन,’ ।चुनावबाट एमाले सरकारमा ल्याउने वातावरण बनाउन पनि ओलीले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले देशको स्वाधीनता, स्वतन्त्रताको रक्षा, लोकतन्त्रको मूल्य, मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन गर्नका लागि एमालेको सरकार आउनुपर्ने दाबी गरे । उनले राज्यका अंगहरू आफ्ना ठाउँमा प्रभावकारी र स्वच्छ रुपमा क्रियाशील होऊन् भन्नका लागि पनि एमालेको सरकार आउनुपर्ने बताए । विगतमा आफ्नो नेतृत्वमा सरकार भएका बेला मुलुकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लय समातेको दाबी गर्दै ओलीले आगामी दिनमा त्यो लय समातेर अगाडि बढ्न एमालेको नेतृत्वमा सरकार हुनुपर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...