काठमाडौं, 4 अगस्त 2022
सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले स्वागत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै स्वागत गरेका हुन्। नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताएका छन्। नव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उनको भनाइ छ। यस्तै एमालेका सांसद शेरबहादुर तामाङले पनि सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मितिलाई एमालेले स्वागत गर्ने बताएका छन्।









































