HomeFeatureमछिन्द्र फुटबल क्लबले जितयो कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको...

मछिन्द्र फुटबल क्लबले जितयो कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि

काठमाडौं, 16 फरवरी 2022

मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे ।उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे । मनिषले च्यासलबिरुद्धको खेलमा चोट बोकेका थिए ।   मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । त्यस्तै ’ए’ डिभिजन लिग अन्तर्गत बुधबार नै त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्समा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो । खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।  तर, खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।  यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...