HomeFeatureमजदूर संगठनहरुको भारत बन्द, दार्जीलिङमा देशव्यापी बन्दको प्रभाव न्यून

मजदूर संगठनहरुको भारत बन्द, दार्जीलिङमा देशव्यापी बन्दको प्रभाव न्यून

दार्जीलिङ, 8 जनवरी/ कयेश अंसारी

केन्द्र सरकारको नीतिको विरोधमा आज डाकिएको भारत बन्दको प्रभाव मिश्रीत देखिएको छ । विभिन्न 10 केन्द्रीय मजदूर संगठनहरुले बुधवार देशव्यापी भारत बन्द आह्वान गरेका हुन ।

बन्दको प्रभाव एनडीएको सरकार नरहेको राज्यहरुमा देखिएको छ भने बाँकी स्थानहरुमा बन्दको प्रभाव न्यून रहेको छ । पश्चिम बंगालको दार्जीलिङमा पनि बन्दको प्रभाव खाशै रहेन । हाम्रा संवाददाताले बताए अनुसार आज दार्जीलिङ पहाड पुरै खुल्ला रहेको छ । तर हिजोको तुलनामा आज सवारी साधनहरु कम गुडेका छन । अर्कोतर्फ दार्जीलिङबाट न्यूजलपाईगुडीतर्फ जाने टोय ट्रेन यथावत संचालन भएका छन । पहाडमा दैनिक रुपमा आउने व्यापारीहरु पनि आज विहानै सवारी साधनबाट पुगेका थिए । तर सिलीगुडीबाट पहाडका विभिन्न भागमा जाने साना गाडीहरु दार्जीलिङभन्दा अगाडीसम्म मात्रै पुगेका थिए ।

अर्को तर्फ बन्दलाई प्रभावहीन बनाउन केन्द्र सरकारको कार्मिक मन्त्रालयले आदेश जारी गरि कर्मचारीहरुलाई हडतालबाट टाढा रहन भनेको थियो । मजदूर संगठनहरुले श्रम सुधार, प्रत्यक्ष विदेशी लगानी र निजीकरणको विरोधलगायत 12 सूत्रीय माग गर्दै आन्दोलन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...