HomeFeatureमतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

काठमाडौं, 24 मई 2022

उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो । केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिनुभयो । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदान विवाद हुदाँ त्रियुगा नगरपालिकाको मतगणना हुन सकेको थिएन । मतदान विवादले मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई उदयपुरको विवादको अध्ययन गर्न खटाइएको थियो । आयुक्त भण्डारीले उदयपुर पुगेर राजनैतिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि आयोगले मतगणना सुरु गर्ने निर्णय भएको थियो । बैशाख ३० गते अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगीत भएको मतदान पुन सुरु हुन नसक्दा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...