HomeFeatureमध्य प्रदेशमा काँग्रेस सरकार ढल्यो, मुख्यमन्त्री कमलनाथद्वारा पदबाट राजीनामा

मध्य प्रदेशमा काँग्रेस सरकार ढल्यो, मुख्यमन्त्री कमलनाथद्वारा पदबाट राजीनामा

नयाँ दिल्ली, 20 मार्च

मध्य प्रदेशमा चलिरहेको राजनीतिक घमासानका बिच आज मुख्यमन्त्री कमलनाथ नेतृत्वको काँग्रेस सरकार ढलेको छ । मुख्यमन्त्री कमलनाथले शुक्रवार राजीनामा दिएसँगै काँग्रेस नेतृत्वको गठबन्धन सरकार ढलेको हो। शुक्रवार फ्लोर टेस्ट गराउन सर्वोच्च अदालतले दिएको आदेश अघि नै कमलनाथले आज राजीनामा दिनुभएको हो ।

कमलनाथले पत्रकार सम्मेलन आयोजना गरेर राजीनामाको घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा भावुक हुनुभएका कमलनाथले भारतीय जनता पार्टीमाथि आक्रोश पनि पोख्नुभएको थियो ।

पत्रकार सम्मेनलमा बोल्दै आफुले १५ महिनामा गरेको कामको साक्षी राज्यका जनता भएको भन्दै मध्य प्रदेशमा १५ वर्ष पाएको भाजपालाई आफ्नो कामहरू मन नपरेको बताउनुभयो ।

आफूले गाईमाताकको संरक्षणका लागि गौशाला बनाएको, भयमुक्त प्रदेश बनाएको, युवाहरूलाई रोजगारी दिएको तर भाजपालाई यो सबै मन नपरेको बताउनुभयो ।

१५ महिनाको रिपोर्ट कार्ड प्रस्तुत गर्दै कमलनाथले प्रदेशको तस्वीर परिवर्तन गर्ने पूर्ण प्रयास गरेको अनि सधैं विकासमा विश्वास गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...