भोपाल, 24 मार्च
मध्य प्रदेशमा भारतीय जनता पार्टीका नेता शिवराज सिंह चौहानले विश्वासमत प्राप्त गर्नु भएको छ । विधानसभामा मंगलवार भएको मतदानमा काँग्रेसका विधायकहरु उपस्थित थिएनन् भने सपा, बसपा र स्वतन्त्र विधायकहरुले पनि विश्वास मतको समर्थनमा भोट हालेका थिए । भारतीय जनता पार्टी मध्य प्रदेश विधायक दलको नेता चयन भएपछि शिवराज सिंह चौहानलाई सोमबार राजभवनमा राज्यपाल लालजी टण्डनले पद र गोपनियताको शपथ दिलाउनु भएको थियो । चौथो पटक राज्यको मुख्यमन्त्री बन्नु भएका शिवराज सिंह चौहानले आजदेखि मध्य प्रदेशको राजधानी भोपाल र जबलपुरमा कर्फ्यु लगाउने फैसला गर्नु भएको थियो । उहाँले कोरोना भाइरस रोकथामका लागि मानिसहरुलाई सामाजिक दूरि कायम गर्न आग्रह गर्नुभएको थियो ।









































