HomeFeatureमनिषा कोइरालाले गरिन नेपाल एअरलाइन्सको अफिस उद्धाटन

मनिषा कोइरालाले गरिन नेपाल एअरलाइन्सको अफिस उद्धाटन

दिल्ली, 6 जुलाई 2022

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको अर्थिक राजधानी मुम्बईमा नयाँ कार्यालय उद्धाटन गरेको छ । 4 जुलाईका दिन मुम्बईको अन्धेरी पूर्वको सबैभन्दा पुरानो कनकिया वाल स्ट्रीट स्थित कर्पोरेट भवनमा बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले उक्त नयाँ कार्यालयको उद्घाटन गरेकी हुन । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार प्रमुख अतिथि रहेकी कोइरालाले रिबन र केक काटेर उक्त कार्यालयको उद्धाटनपछि कार्यक्रमलाई संबोधन गर्दै आफु नेपाल एयरलाइन्सको बारम्बार यात्रु हुन् र नेपाल एयरलाइन्सको उडानमा चढ्दा आफूलाई घरको अनुभूति भएको बताइन् । उनले नेपाल वायुसेवा निगमको उडान संख्या बढाउन र यात्रुहरूलाई बीओएम क्षेत्रमा सेवा प्रदान गर्ने कामना गरिन् ।

एयरलाइन्सका प्रबंधक नवराज कोइरालाले अभिनेत्री कोइरालाले आफुहरुको निमन्त्रणा स्वीकार गर्दै उद्धाटन कार्यक्रममा सहभागि भएकोमा विशेष धन्यवाद व्यक्त गरेका थिए । साथै उनले कार्यक्रममा सहभागि हुने सबै अतिथीहरुप्रति पनि आधार प्रकट गर्दै सबैले यात्राको लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सेवा लिनुपर्ने औल्याएका थिए । उनले आधिकारिक वेबसाइटमा नयाँ ठेगाना अपडेट गरिसकेको पनि जानकारी गराए । साथै उनले राउण्ड ट्रिप मुम्बई–काठमाण्डौ, काठमाण्डौ –मुम्बईको टिकट लिएमा जुलाई महिनाभरि एउटा टिकट निःशुल्क दिइने बताएका छन ।

 निगमले हाल मुम्बई, नयाँ दिल्ली, बैंग्लोर, हङकङ, मलेसिया, थाइल्याण्ड, नारिता (जापान), दोहा (कतार), दुबई (संयुक्त अरब इमिरेट्स) र रियाद (साउदी अरब) बाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...