HomeFeatureमन्त्री परिवर्तन बिषयमा पार्टीभित्र कुनै विवाद नभएको जसपाका सांसद मोहम्मदको दावी

मन्त्री परिवर्तन बिषयमा पार्टीभित्र कुनै विवाद नभएको जसपाका सांसद मोहम्मदको दावी

काठमाडौं, 9 जून 2022

जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद इस्तियाक राइले मन्त्री परिवर्तन बिषयमा पार्टीभित्र कुनै विवाद नभएको दावी गर्नुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले मन्त्री परिवर्तन गर्न गुटगत भेला गरिएको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको दावी गर्नुभएको हो । उहाले आफुलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस बिषयमा आफुलाई अनावश्यक रुपमा नमुछ्न आग्रह गर्नुभयो । राईले सरकार गठन हुँदा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र केन्द्रीय कार्यकारीणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई मन्त्रीपरिषद्मा पठाउने मौखिक रुपमा बताउनुभएको जानकारी दिनुभयो । अहिले पार्टीभित्र देखिएको विवाद अध्यक्ष यादवको एकलौटी निर्णयको बिरुद्ध भएको उहाले बताउनुभयो । राईले अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रुपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको निर्वाचनमा त्यसको असर देखिएको धारणा राख्नुभयो । स्थानीय तहको निर्वाचनको समिक्षा गर्न पनि अध्यक्ष यादव तयार नभएको उहाले बताउनुभयो । उहाले पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...