मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन
काठमाडौं ,3 नोभेम्बर 2023
रामेछापको मन्थली विमानस्थलमै हात हालाहाल गरेका दुई पाइलटको लाइसेन्स निलम्बनमा परेको छ ।
शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरण गराएपछि दुई वरिष्ठ क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच हात हालाहालको अवस्था भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरुको लाइसेन्स निलम्बन गरेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार प्राधिकरणले तय गरेको सुरक्षाको मापदण्ड उल्लंघन गरेको आरोपमा अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको लाइसेन्स निलम्बन गरिएको हो ।
राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ। विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियम बमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भने।
हाललाई केही समयका लागि उनीहरुको लाइसेन्स निलम्बन गरेर अनुसन्धान गरिने बताइएको छ ।









































