18 अक्तूबर 2021
बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका जोशीको मृत्यु भएको छ। जोशीका श्रीमती, २ छोरी र १ छोरा छन्। ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो। मृतकका आफन्तजन हरि जोशीले जनाए । दुई दिनअघि मात्रै जोशीलाई ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। जोशी पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।









































