मलेसिया, 28 सितम्बर 2021
मलेसियामा बैदेशिक रोजगारीको सिलसिलामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङको मृत्यु भएको छ। मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । मलेसियामा ९ वर्षअघि काम गर्दै आएका तामाङ विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गरिरहेको थिए । तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले बताएको छ ।









































