HomeFeatureमलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल फाइनलमा प्रवेश

मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल फाइनलमा प्रवेश

काठमाण्डौ, 22 अप्रिल 2021
मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोर्णात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो । मलेसियाका लागि  अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु पर्यो । यस्तै अन्य ब्याट्स म्यानले भने राम्रो योगफल तयार पार्न सकेनन् मलेसियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३÷३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए । जारी प्रतियोगितामा ११ विकेट लिएका सन्दिप ट्वान्टी–२० क्रिकेटमा नेपालबाट सयौंं खेल खेल्ने पहिलो खेलाडी बनेका छन ।  लिगको दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको मलेसिया जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । छैटौ विकेटका क्रिजमा प्रवेश गरेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका थिए । १३ बलमा ७ छक्का प्रहार गरेका केसीले ४५ रन जोडेका थिए । अघिल्ला खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेल १६ रनमा पवेलियन फर्किदा आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्ले ४१ रनको पारी खेलेका थिए । दिपेन्द्र सिंह ऐरी ३३ रन बनाउने क्रममा क्याच आउट हुँदा विनोद भण्डारी ८ रनमा लामो सट हान्ने क्रममा समातिए । कुशल मल्ल १९ रनमा अविजित रहे । नेपालको ७ विकेट निकाल्दा फिट्रि साम, सेइद अजिज र अनवर रहमानको नाममा दुई÷दुई विकेट रह्यो । मोहम्मद वाफिकले एक विकेट हात पारे ।  नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि शनिबार आयोजक नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...