HomeFeatureमहाअभियोग लागेका जबरालाई अदालत फर्कन दिनुहुन्न : प्रेम सुवाल

महाअभियोग लागेका जबरालाई अदालत फर्कन दिनुहुन्न : प्रेम सुवाल

भक्तपुर, 19 सितंबर 2022

 नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्कन दिन नहुने बताएका छन् । संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै सचिव सुवालले न्यायालय र न्यायाधीश पनि स्वच्छ नभएको आरोप लगाए ।  सुवालले न्याय माफियाहरुको कब्जामा रहेको आरोप लगाउँदै न्यायाधीश र वकिलको कब्जामा न्यायालय रहेको बताए।  ‘जसरी भू-माफिया, बन माफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ, ,’उनले भने,’न्यायालय पनि सेटिङ‍मै चल्ने गरेको छ।’ संविधान दिवसको नाममा जेलमा रहेका अपराधीहरुलाई अपराध माफी गरी जेलमुक्त गर्नु ठीक नभएको उनको भनाइ छ। बरु जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्ड सजायको बन्दोबस्त हुनुपर्ने उनले बताए ।  भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरुको आयोजनामा भएको कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायत वक्ताहरुले ठूला राजनीतिक दलहरुका कारण न्यायालयमा गन्जागोलको अवस्था सृजना भएको बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...