HomeFeatureमहाराष्ट्रबाट श्रीमान द्वारा प्रताडित महिलाको उद्धार

महाराष्ट्रबाट श्रीमान द्वारा प्रताडित महिलाको उद्धार

दिल्ली, 11 जुलाई 2022

महाराष्ट्रको पनवेल महानगरपालिकाको करन झाडाबाट श्रीमान द्वारा प्रताडित एक महिलाको उद्धार गरिएको समाचार प्राप्त भएको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समीती अन्तर्गत रायगढ़ नगरसमिती सह सचिव करन सुनारले दिएको जानकारी अनुसार सीता कठायत खड्काको उद्धार गरिएको हो। प्राप्त जानकारी अनुसार नेपाल प्रदेश नम्बर 7 जिल्ला डोटी दीपायल सिलगढी नगरपालिका वडा न 4 कूमाली कोट माइती घर भएकी धर्म सिंह कठायत की छोरी सीता कठायत ( खडका ) बर्ष 31 की पोइली घर डोटी जिल्ला गाउपालीका पूर्बि चौकी वडा न 1 फूलौट बस्ने नन्दा सिंह खडकाको छोरा चक्र बहादुर खडका बर्ष 33 संग बिबाह भैइ हाल भारत को महाराष्ट्र राज्य रायगढ़ जिल्ला पनवेल महानगरपालिका को करन-झाडा सेक्टर नम्बर एक मा एउटा सोसाइटी मा मजदूर गर्दै आएका थिए। 27 जूनका दिन महिला अचेत अबस्थामा रहेको खबर मूल प्रबाह संगठन का जिल्ला समिति का कोषाध्यक्ष, सन्थ थापा मगर र पदम बहादुर आले मगर ले अखिल भारत नेपाली एकता मंच रायगढ़ नगरसमितीका सहसचिव करन सुनारलाई जानकारी गराउंदा नगरसमितीको टीम ले उद्धार गरेको हो। निज सीता र उनका श्रीमान चक्र बहादुर खडका, ढाइ बर्ष की छोरी संगै बस्दै आएका थिए ! पारिवारिक झै झगडाका कारण खडका श्रिमती लाई वीभत्स तरीका ले कूटपिट गरी आफ्नो बस्ने डेरा बाट निकाली अलपत्र पारेको अबस्थामा अखिल भारत नेपाली एकता मंच रायगढ़ नगरसमिती का अध्यक्ष खडक बिक लगायत को नगर कमिटी को टीमले अलपत्र परेकी सीता कठायत ( खडका )लाई उद्धार गरेको हो। उद्धार पश्चात समितिले सीताका माइती र पोइली लाई सम्पर्क मा बोलाए पनि चक्र बहादुर खडका सम्पर्कमा नआउंदा दुवै पक्षको सहमति अनुसार प्रहरी प्रशासनमा चक्र बहादुरको खिलाफ एफआईआर दर्ज गरिएको छ। एफआईआर दर्ज गरिए पश्चात प्रहरीले चक्र बहादुरलाई पक्राउ गरि पुलिस प्रशासनबाट एन सी आर N C R बूझी पिडीत महिला लाई नेपाल पठाउने अखील भारत नेपाली एकता मंच को नगर समितिले व्यवस्था मिलाएको छ। उद्धार कार्यमा दल बहादुर गूरूङ,  खडक बिक,  धनराज देवकोटा, मंगल रावल, कुबेरसिंह, करन सूनार, कृष्ण बहादुर बिष्ट, लोकेश बिक, बम बहादुर बिक, राम बहादुर आउजी लगायत 13 अन्य जना पनि उपस्थित रहेका थिए। उद्धार गरिएकी महिलालाई श्रि केदार टुर एण्ड ट्राभल्सको सहयोगमा नेपाल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...