HomeFeatureमहिलालाई सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तारमा जोड

महिलालाई सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तारमा जोड

काठमाण्डौँ, 11 फरवरी 2020

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो। उहाँले  महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफुलाई लागेको बताउनुभयो। उहाँले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताउनुभयो।

‘‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो। कार्यक्रममा सहभागिहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...