HomeFeatureमहिलाहरूको राजनीति प्रशंसनीय: ओली

महिलाहरूको राजनीति प्रशंसनीय: ओली

काठमाडौं, 16 अगस्त 2022

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले महिलाहरूको राजनीति प्रशंसनीय रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका थिए ।  महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने उनको भनाइ थियो । ‘महिलाले राजनीति नगरे आधा समाजले राजनीति गर्दैन । आधा समाजले राजनीति नगरे आधा समाज पछाडि पर्छ । महिलाले जस्तो भूमिका खेलेका छन् त्यो असाधारण छ । उच्च प्रशंसा गर्न चाहन्छु ।’पछिल्लो समय राजनीतिप्रति घृणा पैदा भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सुद्ध राजनीति गर्नुपर्ने बताएका थिए । राजनीति देश बनाउने कुरा भएकाले यसलाई घृणा गर्न नहुने उनको भनाइ थियो । उनले राजनीतिमा महिलाहरूको भूमिकाबारे प्रशंसा गरेका थिए । राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै उनले महिलाहरूको भूमिकाप्रति प्रशंसा गरेका थिए । साथै उनले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने र महिलाहरू राजनीतिमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...