काठमाडौं, 28 दिसम्बर 2021
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवशेनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीति प्रतिवेदनमा राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । यसअघि सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको हो । कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब दिनुभएको छ । त्यस्तै उहाले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गर्नुभएको छ । उहाले प्रचण्डको दस्तावेजमाथि चित्त नबुझेर फरक दस्तावेज राखेको नभई कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी गराउन दस्तावेज राखेको बताउनुभयो । उहाले आफ्नो दस्तावेजलाई पार्टीको सम्पतीका रुपमा राखिनुपर्ने तर्क गर्नुभयो । संघीयता मुल अर्थमा अझैपनि लागू हुन नसकेको बिषयले आफुले पुरक प्रतिवेदनमा राखेको उहाले जानकारी दिनुभयो । कार्कीको प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने सैद्धान्तिक प्रश्न, तत्काल गर्नुपर्ने काम र धारणाका पक्षमा थप आधार लगायतका विषयहरू समेटिएका छन् ।









































