HomeFeatureमाओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकियो

काठमाडौं, 30 दिसम्बर 2021

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । बिहीबार १४ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरेपछि छलफल सकिएको हो । यसअघि बुधबार ११ वटा समूहले प्रस्तुति राखेका थिए । समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिने माओवादी प्रचार तथा प्रकाशन बिभागका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाले छलफलका क्रममा समूहबाट धेरै सुझावहरु आएको जानकारी दिनुभयो । त्यस्तै सहभागीहरुले प्रतिवेदनमा आएका बिषयलाई कार्यान्वयन गर्नुपर्ने, एमसीसी यथास्थीतिमा पारित गर्न नहुने लगाएतका सुझाव दिएको उहाले बताउनुभयो । बन्दसत्रमा फरक मत कसैको पनि नआएको तर पुरक प्रस्ताव भने आएको जानकारी दिनुभयो । शुक्रबार बन्दसत्रमा सवै प्रतिवेदन पारित हुने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...