HomeTrending Newsमास्क र सेनिटाईजर वितरणमा सक्रिय देखिए अर्घाखाँची ढिकुरा रुपन्देही समाज र शुभश्री...

मास्क र सेनिटाईजर वितरणमा सक्रिय देखिए अर्घाखाँची ढिकुरा रुपन्देही समाज र शुभश्री मेडिकल

अर्घाखाँची, नेशनल लाईव सम्वाददाता, २२ जेठ,
जिल्ला अर्घाखाँचीको साविक ढिकुरा गाविससँग सम्बन्धित रुपन्देही जिल्लाभर रहेका समुहबाट आफ्नो जन्मभुमिका लागि सामाजिक स्तरमा केहि उल्लेखनीय काम गरौ भन्ने महान उद्धेश्यका साथ गठन भएको ढिकुरा समाजले समय समयमा सामाजिक स्तरमा उल्लेखनीय काम गर्दै आएको छ ।
अहिलेको सन्दर्भमा विश्व जगत नै कोरोना महामारीको संकटले आकुल व्याकुल बनिरहेको छ । छिमेकी मुलुक भारतमा आफ्नो जिविकोपार्जनका लागि गएका कैयन मानिसहरु भित्रिएपछि सम्बन्धित नगरपालिकाले क्वारेन्टाइनहरुको व्यवस्थापन गर्दै आएको छ ।

त्यस्तै अ. खाँ. को भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा आठबटा विधालयमा १४५ जना क्वारेन्टाइनमा रहेको अवस्था छ ।
खाने बस्ने ब्यवस्थापनका लागि नगरपालिकाको मातहतमा वडाबाट निर्वाचित वडा अध्यक्ष नारायण प्रसाद खनाल देवि प्रसाद पोखे्रल, उमाकान्त पौडेल, कल्पना पराजुलि र संगिता परियारले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरिरहेका छन ।

खासगरि वडा अध्यक्ष खनालको नेतृत्वमा वडाका सचिव तुल्सि प्रसाद पोख्रेल, स्वास्थ्यकर्मि बिष्णु प्रसाद ज्ञवाली र सुरक्षाकर्मि हवल्दार गरिबलाल चौधरी लगायत स्वास्थ्य कर्मिहरु, सुरक्षा निकाय र वडामा कार्यरत कर्मचारीहरु अहोरात्र खटिएर क्वारेन्टाईन ब्यवस्थापनमा खटिएको बुझिएको छ ।
त्यस्तै लकडाउन पुर्व गाउघर पुगेका समाजका राहत वितरण कार्यक्रमका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, सदस्यहरु सुरेश घिमिरे, बल बहादुर खत्री(किशोर), बाबुराम भट्टराई, बलराम घिमिरे र सल्लाहकार राजन घिमिरेले आफुसक्दो सामाजिक सक्रियता निर्वाह गरिरहेको अबस्था छ । साथमा समाजसेवी व्यक्तित्व दिपक खासु, पप्पु थापा, स्थानीय पत्रकार विन्दु घिमिरे लगायतले सामाजिक स्तरमा योगदान दिदै आएका छन ।

समाजमा पुर्व अध्यक्ष एवं सल्लाहकार प्रमुख डिल बहादुर थापा(विन्दु) ले वडा प्रमुख खनाल सँग सम्पर्क साधेर मेडिकल सँग सम्बन्धित सामाग्रीको अभाव सम्बन्धमा बुझेपछि खाने बस्ने ब्यबस्थापनमा कुनै कमि नरहेको मास्क र सेनिटाइजर जस्ता सामान उपलब्ध गराए सुनमा सुगन्ध हुने बुझेपछि अध्यक्ष राम प्रसाद पोख्रेललाई जानकारी गराएका थिए ।

अध्यक्षले सचिव गोविन्द पोखे्रल र कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनीसँग समन्वय गरेपछि सचिवले उपाध्यक्षद्वय भुवन दर्लामी र बसन्ता घिमिरे सह सचिव निर्मला मरासिनी सहित सदस्यहरु माथी उल्लेखित बाहेक कमला घिमिरे र श्रद्धा घिमिरेसँग टेलिफोन वैठकबाट निर्णय गराएका थिए ।

खासमा शुभश्री मेडिकल हल एण्ड ह्युमन हेल्थ ल्याब्रोटरीका प्रमुख विन्दुको सक्रियता र बेग्लै व्यक्तिगत सहयोग र प्रदेश पाँचमा लोकप्रिय डाक्टर नन्दु पाठकको सहयोग समेत रहेकोले समाजले राहत सामाग्री स्वरुप मास्क र सेनिटाईजर सम्बन्धित निकायमा पुर्याउन सफल भएको हो । वडा प्रमुख खनालको नेतृत्वका वितरण गरिएको सो राहत वितरण कार्यक्रमको अध्यक्षता गोविन्द प्रसाद घिमिरेले गरेका थिए ।

सचिवले संचालन गरेको सो कार्यक्रममा विन्दु थापा र शुभश्री मेडिकलका ल्याब प्रमुख विनोद रावलले मेडिकल सम्बन्धित जानकारी गराउदै मास्क कसरी लगाउने, सामाजिक दुरी भनेको के हो, क्वारेन्टाइन अवधि सकिएपनि घरमा पुगेर कोरोना संक्रमणबाट बच्न के के उपायहरु अपनाउने सम्बन्धमा सम्बोधन सहित सबैलाई जानकारी गराएका थिए ।

कार्यक्रम शुभश्री मेडिकलको पहल, वडा कार्यालयको समन्वय र ढिकुरा समाजको सक्रियतामा सम्पन्न भएको हो । राहत सामाग्री सहित बुटवलदेखि शुभश्रीका प्रमुख विन्दु र रावल सहित समाजका सचिव पोख्रेल विहान ८ बजे ढिकुरा पुगेर बेलुका साडे १० बजे बुटवल फिर्ता भएका हुन ।

साविक ढिकुरामा जन्मभुमि प्रा. वि. भगेरथानमा १२ जना, दिपेन्द्र आधारभूत विधालय गौचौर दहमा ३९ जना, शिद्धगुफा प्रा.वि. चरेपानीमा १३ र हिजो आएका थप ३ जना गरि १६ जना, देउराली आधारभूत विधालय भेडीखोरमा ५ जना, जयन्ती प्रा. वि. ढिकुरा देउरालीमा १३ जना, थानपति प्रा. वि. सुर्सिङ्गमा १ जना, श्री शारदा उच्च मा. वि. गैरागोठ तल्लो भवनमा २३ जना र उपल्लो भवनमा २४ जना र विरभद्र प्रा. वि. मा १२ जना गरि ८ बटा क्वारेन्टाईनमा जम्मा १४५ जना भारतका विभिन्न ठाउबाट आएकालाई अलग अलग ग्रुपमा ब्यबस्थित गरिएको छ ।

उनीहरु क्वारेन्टाईनमा रहने अवधिभरका लागि मास्क र सेनिटाइजर सबैका लागि उपलब्ध गराइएको छ भने, वडा र सुरक्षा निकाय तथा स्थानीय पत्रकार एवम् देउराली एफ. एम. का लागि पनि केहि समयका लागि मास्क र सेनिटाईजर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...