12 अक्तूबर 2021
चर्चित बलिउड गायक मीका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक भएको छ। युग भुसाल द्धारा संगीत संग गीत शेखर Astitwa को शब्द छ। भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, एलिसा शर्मा र स्नेहा संग्रौलाको अभिनय छ। बिभोर पोखरेल र दिलीप समनले निर्देशन गरेको भिडियोमा रोशन पराजुलीको लगानी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियो राजीव समरको कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।









































