मिटर ब्याजसम्बन्धी विधेय पारित भएपछि एउटा लडाइले सार्थक पायो: लामिछाने
काठमाडौं, 17 जुलाई 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी विधेय संसद्बाट पारित भएपछि एउटा लडाइले सार्थक पाएको बताएका छन्।
आइतबार सामाजिक संजाल फेसबुक मार्फत उनले सञ्चारकर्मी हुँदादेखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कामको सहयोगी बन्न पाएकेमा गौरवान्वित महसुस गरेको बताए।

मिटर ब्याजीविरुद्धको लडाइँले टेलिभिजनबाट सदनसम्म ल्याएको उल्लेख गर्दै उनले सरकारलाई धन्यवाद पनि दिए।
आइतबार प्रतिनिधि सभा बैठकबाट मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ संशोधनसहित पारित भएको हो।









































