HomeFeatureमिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन हुने गरी अगाडी...

मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन हुने गरी अगाडी बढाउन सभामुखलाई महासंघको आग्रह

काठमाण्डौँ 24 फरवरी 2020

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ। सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधिलगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्ने गरी अगाडी बढ्न आग्रह गरेको हो। कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासचिव रमेश बिष्टले बताउनुभयो।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय आएका केही विधेयकका प्रावधानहरुमा आफ्नो गम्भिर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग गर्नुभयो।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफुले गर्ने बताउनुभएको छ। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियम कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उहाँले बताउनुभयो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरुमा स्वतन्त्रता सम्बन्धि बन्देज लगाउने प्रावधानहरु रहेकोले ती प्रावधानहरुलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बर्धाइ तथा शुभकामना दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...