काठमाडौं, 16 मार्च 2022
मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागुवा उत्सव मनाएका छन् । मिथिला क्षेत्रबाट काठमाडौं आइ बसोबास गरेकाहरुले काठमाडौंको माइतिघरमा मौलिक रुपमा फागुवा उत्सव मनाएका हुन् । सो क्रममा उनीहरुले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै रंगहरुको पर्व फागुवा मनाएका थिए । यसबर्षको होली पहाडी क्षेत्रमा बिहीबार र तराई क्षेत्रमा शुक्रबार मनाइदै छ ।









































