17 दिसम्बर 2021
कोरोनाका कारण केही समयका लागि मिस वर्ल्ड २०२१ को फाइनल स्थगित भएको छ । भारतको फाइनलमा रहेको मानसा वाराणसी र अन्य १६ जना सहभागीमा कोरोना पोजेटिभ आएपछि आयोजकले यो निर्णय गरेको हो । फाइनल सुरु हुनु केही घण्टा अगाडि नै स्थगित भएको घोषणा गरिएको थियो । कार्यक्रम पोर्टो रिको कोलिजियम जोस मिगुएल एग्रेलोटमा अर्को 90 दिन भित्र पुन: तालिकाबद्ध हुनेछ।









































