HomeFeatureमुख्यमन्त्रीको निवासमा आफूलाई बन्धक बनाइएकाे लुम्बिनीकी सांसदकाे आरोप

मुख्यमन्त्रीको निवासमा आफूलाई बन्धक बनाइएकाे लुम्बिनीकी सांसदकाे आरोप

काठमाण्डौ, 5 अगस्त 2021

लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताउनुभएको छ । आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै एमाले र मुख्यमन्त्रीले दबाब दिइरहेकोमा अहिले बन्धक बनाउने र एमालेमै बसेर मन्त्री पद खानसमेत प्रलोभन देखाएको बताउनुभएको छ । पत्रकार सम्मलेनमार्फत वलीले आफू साउन १५ गते उपचारका लागि नेपालगञ्ज हिँडेकोमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले जबरजस्ती मुख्यमन्त्रीको निवास बुटवल ल्याएको बताउनुभएको छ । बुटवल ल्याएपछि आफूलाई १६, १७ र १८ गते त्यहीँ बन्धक बनाइएको र २० गते सबै जना आराम गरिरहेको मौका छोपेर शौचालय जाने चप्पल लगाएरै भाग्न सफल भएको वलीले बताउनुभएको छ । मुख्यमन्त्रीको कार्यालयमा एमालेमै रहेको वक्तव्य छपाएर आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको र वक्तव्यको ब्यहोरासमेत नदिइएको विमला वलीको दाबी छ । दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट उपचुनावमा निर्वाचित हुनुभएकी वली नेकपा विभाजन भएपछि माओवादीमा लाग्नुभएको थियो, पछि उहाँ एमालेमै रहेको वक्तव्य सार्वजनिक भएको थियो । तर बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर जबरजस्ती वक्तव्यमा हस्ताक्षर गर्न लगाएको भन्दै आफू माओवादी केन्द्रमै रहको प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...