HomeFeatureमुगु बस दुर्घटना(नामावलीसहित)

मुगु बस दुर्घटना(नामावलीसहित)

13 अक्तूबर 2021

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको उक्त दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले बताएको छ । छायाँनाथ रारा यातायात प्रालिको नेपालञ्जबाट मुगु आउँदै गरेको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । सो बसमा ४६ जना यात्रु थिए भने दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले जनाएको हो । प्रहरी चौकीबाट दुर्घटनास्थल पिना गाउँमा रहेको दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । ठूलो आवाज आएको सुन्ने बित्तिकै प्रहरी गस्तीले बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ । मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जनाए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु अधिकांश दसैँमा जाना लाएका काठमाडौँलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने विद्यार्थी रहेका बताइएको छ । प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका—८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका—१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन् । त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गाउँपालिका—३ का मनरुप कुमाई रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन् । उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका—८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका—५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका—१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । नर्सिङ होम नेपालगञ्जमा छाँयानाथ रारा नगरपालिका—१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका—३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ । मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शवपरीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...