HomeFeatureमुम्बईबाट हराएकी मानसिक रूपले कमजोर महिला 4 दिन पछि फेला

मुम्बईबाट हराएकी मानसिक रूपले कमजोर महिला 4 दिन पछि फेला

दिल्ली, 22 मार्च 2022

मानसिक रूपले कमजोर महिला मुम्बईबाट हराएको 4 दिन पछि फेला परेकी छन। मुसीकोट नगरपालिका 1 खलंगा रूकुम पश्चिम घर भै हाल महाराष्ट्र को वागंनी मा छोरा जनक परियार संग बस्दै आयकी वर्ष 52 की कलशारी कलर 4,5 उचाइ भएकी देवि परियार 15 मार्च का दिन वांगंनी बाट सेंट्रल हस्पिटल मा चेकजाच गरि फर्किने क्रम मा उल्हासनगर रेलवे स्टेशन बेस्ट बाट हराएकी थिइन। मुम्बईबाट नेशनल लाईभ टिभीका सहयोगी राज रोकायाले दिएको जानकारी अनुसार दुई महिना अघि उपचारको लागि छोरा जनक परियारले आमालाई लिएर मुम्बई आएका थिए। मुम्बईमा उनको उपचार चलि रहेको थियो। हराएको बेला उनी गुलाबी कुर्ता सिल्वार र रातो चप्पल लगाएकी थिइन। नेपाली मात्र बुझ्न र बोल्न सक्ने उनको मानसिक अवस्था निकै कमजोर रहेको थियो। नेशनल लाईभ टिभीले समाचार प्रकाशित गरे पछि श्याम भैया नाम गरेका व्यक्तिले समाचारमा दिएका नम्बरमा सम्पर्क गरेर  कर्जत हाइवेमा अलपत्र अवस्थामा भएको जानकारी गराएका थिए । जानकारी पश्चात तत्काल उनका परिवार सो ठाँउमा पुगेर उनलाई सकुशल घर लिएर आएका थिए। महिलाका छोरा जनक परियारले आमालाई भेटाइ दिन नेशनल लाईभ टिभीले प्रसारित गरि दिएको समाचार प्रति धन्यवाद ज्ञापन गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...