कानपुर, 18 जनवरी 2020
उत्तर प्रदेश पुलिसको विशेष कार्य बलले मुम्बई विस्फोटको दोषी डा जलीस अंसारीलाई कानपुरबाट पक्राउ गरेको छ। राज्य पुलिस महानिदेशक ओ.पी. सिंहले यसलाई ठूलो उपलब्धी बताउनुभएको छ।
दोषीले भोली आत्मसमर्पण गर्नुपर्ने थियो तर उनी 16 जनवरी बिहान मुम्बईस्थितई आफ्नो आवासबाट फरार भएका थिए। यससन्दर्भमा राष्ट्रव्यापी रेडअलर्टपनि जारी गरिएको थियो। गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेर लखनऊ ल्याइएको हो।









































