HomeFeatureमुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, सरकारको गम्भीरतापूर्वक अघि बढ्नुको विकल्प छैन: कोइराला

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, सरकारको गम्भीरतापूर्वक अघि बढ्नुको विकल्प छैन: कोइराला

काठमाडौं, 29 दिसम्बर 2022

कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले मुलुकको अर्थतन्त्र अत्यन्तै डमाडोल अवस्थामा रहेकाले अहिलेको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्वक अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

‘अहिलेको सरकारले राम्रो काम गरेर देशलाई अघि बढाएर समृद्धि ल्याउनुका साथै नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक स्थिरता दिओस् भन्ने कामना गर्न चाहन्छु,’ उनले भने, ‘सन् २०२३ मा विश्वभरि नै आर्थिक संकट बढ्दै जाने अर्थविद्हरुको प्रक्षेपण रहेकाले त्यसको असर नेपालको आमसर्वसाधारण पर्नु स्वभाविक हो । त्यसैले अहिले आर्थिक क्षेत्रमा देखिएका अप्ठयारा र संकटलाई यसअघि पनि अर्थमन्त्री भइसकेका विष्णु पौडेलजीले समाधान गर्छन् भन्ने विश्वास छ ।’

गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने सोचेका थियौं तर त्यो कांग्रेस नेतृत्वको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कारण हुन नसक्नु दुर्भाग्यपूर्ण कार्य भएको कोइरालाले बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष दाहालले सुरुमा नै प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी नेतृत्वलाई जानकारी गराइसको थिएँ, त्यसैले गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी छ,’ उनले भने, ‘अब कांग्रेस प्रतिपक्षमा पुगेकाले सदन र सडक दुवै ठाउँबाट देश र जनताको हितमा काम गर्छ ।’

सरकारमा नजाँदैमा कांग्रेस खुम्चियो, कमजोर भयो भन्ने मानसिकता कसैलाई पनि नराख्न कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...