HomeFeatureमुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री देउवालाई  रावलको सुझाव

मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री देउवालाई  रावलको सुझाव

काठमाडौं, 14 जून 2022

नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित बिपरितको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसंग उर्जा जिएससंग वार्ता गर्न लगाएको आरोप लगाउनुभयो । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उहाले बताउनुभाये । उहाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तीत्वमाथि नै धावा बोल्ने तर्क गर्नुभयो  । रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राख्नुभयो । त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताउनुभयो । उहाले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमताबृद्धिलाई थप मजबुद बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उहाको भनाई छ । उहाले एमससीसी नेपालको हितमा उर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरुपकै रुपमा आएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...