HomeFeatureमुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रचण्ड

मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रचण्ड

काठमाडौं, 11 जनवरी 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् । बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रुपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका हुन् । उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतीपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अब मुलुकलाई अघि बढाउने अवसरलाई पनि पूरा गर्ने धारणा बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अब संकल्पका साथ सबै कामलाई पूरा गर्ने दावी गरे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...