काठमाडौं, 14 अप्रैल 2022
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफल-तर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाउनुभएको हो । उहाले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राख्नुभयो । उहाले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाउनुभयो । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उहाको भनाई छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराउनुभएको थियो ।









































