काठमाण्डौँ, 10 फरवरी 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समाजवादको युगतर्फ अगाडी बढेको भएपनि सबैको भाव र चाहानाहरु समेट्न नसकिएको स्वीकार गर्नुभएको छ। काठमाडौंमा भएको एफ. एल. एफ. अवार्ड कार्यक्रममा सम्बोधन गर्दै दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समूदायको योगदान बराबर भएपनि अझै सबैको भाव र चाहाना समेट्न नसकिएको स्वीकार गर्नुभएको हो।
अध्यक्ष दाहालले देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समूदायको उत्तिकै योगदान हुनु खुसी र गौरबको कुरा भएको बताउनुभएको छ। विश्वमा अहिलेसम्म सगरमाथाको देश, वुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उचो ठाउँमा पुऱ्याउन सम्भव रहेको बताउनुभयो।









































