HomeFeatureमूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भर्चुअल अन्तक्र्रिया सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भर्चुअल अन्तक्र्रिया सम्पन्न

याँ दिल्ली, 17 अगस्त 2021

राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । अध्यक्ष केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न “भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव अन्य समस्या बारे” वृहद अन्तक्र्रियात्मक कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै भन्नु भएको हो ।

उहाँले संघीयता तथा एमसिसी विरुद्धको आन्दोलन लगायत राष्ट्रियता मताधिकारको विषयमा प्रवासी नेपालीहरुको अधिकारको महत्वपूर्ण कुरा उठाउने मूल प्रवाह भएको उल्लेख गर्नुभयो ।

त्यस्तै राजमो प्रवक्ता तथा उपाध्यक्ष एंव प्रतिनिधी सभा सदस्य दुर्गा पौडयालले विदेशबाट कमाएर ल्याएको रेमिटेन्सले पालिएको सरकारले प्रवासी नेपालीहरुलाई अधिकारबाट बञ्चित गर्नु विडम्बना र अन्यान्यपुर्ण कुरा भएको बताउनु भयो । मताधिकारको विषयमा सडक र सदनबाटै राजमोले आन्दोलन गरेर समेत सहयोग गरिरहने पौडेलले थप्नु भयो ।

राजमोका केन्द्रीय यूवा नेता आनन्द शर्माले मूल प्रवाहको गौरवमय इतिहासलाई धमिलाउन खोज्नेहरुप्रति तिखो प्रहार गर्दै क्रान्तीकारी आन्दोलन विभिन्न प्रकारका भडकाव विरुद्ध सैद्धान्तिक, वैचारिक र संगठानिक संघर्ष गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो ।

सो भर्चुअल सभामा बोल्ने वक्ताहरुमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राना, सुदुरपिश्चमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, उपाध्यक्ष कुल बहादुर बगाले, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, मध्य पश्चिम क्षेत्रीय अध्यक्ष खुमबहादुर पुन, पूर्वी भारत क्षेत्रीय अध्यक्ष हरि प्रसाद शर्मा, हिमाञ्चल राज्य समितिका सचिव भुवन केसी, मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटा, उत्तराखण्ड राज्य समितिका टेक प्रसाद कडेल लगाएत हुनुहुन्थ्यो ।

महासचिव ठाकुर खनालको सञ्चालनमा र अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा अतिथी आशन ग्रहणपछी ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनट मौनधारण उपाध्यक्ष प्रेम पौडेलले तथा रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...